post-slider post-slider

आइसिसी विश्वकप छनौटबाट नेपाल बाहिरियो

Image
A A

 

काठमाडौं-  विश्वकप छनौट प्रतियोगितबाट नेपाल बाहरिएको छ। नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपाल छनोट प्रतियोगितबाट बाहिरिएको हो।

शनिबार जिम्बावेको हरारेस्थित मैदानमा कमजोर प्रदर्शन गरेको नेपाली टोली प्रतिस्पर्धी नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो।

सुपर सिक्समा पुग्ने सम्भावनालाई कायम राख्न नेपालले नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने थियो।

तर, नेदरल्यान्ड्सविरुद्ध पराजय भएसँगै विश्वकप छनौट प्रतियोगितामा नेपालको आगामी यात्रा रोकिएको ।

टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्‍यो। टिमको स्कारे ७ रन हुँदा ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए। नेपालका अरु पनि कुनै ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन्।

४४.३ ओभरमा १६७ रन जोड्दा नेपालले सबै विकेट गुमाइसकेको थियो।

अन्तिम विकेटका रुपमा आउट भएका सन्दीप लामिछानेले २७ रन जोडे।

नेपालका लागि कप्तान रोहित पौडेलले ३२ रन बनाए। नेपालका तर्फबाट कुनै ब्याट्सम्यानको यो सर्वाधिक स्कोर थियो।

कुशल भुर्तेल २७, भीम शार्की २२, गुलशन झा १७, दीपेन्द्र्रसिंह ऐरी १५ र कुशल भुर्तेलले १२ रन बनाए।

नेदरल्यान्ड्सको तर्फबाट बलिङ गरेका तोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले २-२ विकेट लिए।

१६८ रनको सामान्य लक्ष्य पाएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

यो समूहबाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ। 

अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्ने छ।

 

Tags: