post-slider post-slider

एक करोड घुस लिएको आरोपमा पूर्वरजिष्ट्रार पराजुली पक्राउ

Image
A A

काठमाडौं- एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन्।

कास्कीस्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न घुस लिएको आरोपमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो।

हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुलाई प्रहरीले बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीबाट केही दिनअघि पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका पराजुली बुधबार कार्यालय गएका थिए।

पराजुलीलाई कार्यस्थलबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिएका छन्।

कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिष्ट्रार कार्यालय गण्डकीमा रजिष्ट्रार थिए।

त्यही अवधिमा मित्र मिलन सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरूको बयानमा खुलेको थियो।

छानबिनका क्रममा उनले रकम लिएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छानबिनका क्रममा पराजुलीले एक करोड पाँच लाख रूपैया लिएको देखिएको थियो।

मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित ६ जना पक्राउ परिसकेका छन्।

यो प्रकरणमा पोखरा–२१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन्।

फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

 

Tags: