post-slider post-slider

सञ्जयलीला भन्सालीको फिल्ममा देखिँदै रामचरण

Image
A A

केही समयअघि सञ्जय लीला भन्सालीले फिल्म 'लभ एन्ड वार'को घोषणा गरेका थिए । जसमा उनले रणवीर कपुर, आलिया भट्ट र विक्की कौशललाई कास्ट गरेका छन्। उनी वेब सिरिज 'हिरामण्डी'का कारण पनि चर्चामा छन् ।

अब उनले नयाँ 'पान इन्डिया' फिल्म बनाउने तयारीमा रहेको खबर बाहिर आएको छ । रिपोर्टका अनुसार उनले यस फिल्ममा साउथ सुपरस्टार रामचरणलाई कास्ट गर्ने छन् । फिल्मको कथा अमिष त्रिपाठीको पुस्तक 'द लिजेन्ड अफ सुहेलदेव'मा आधारित छ।

स्रोतका अनुसार भन्सालीको आगामी प्यान इन्डिया फिल्म अमिश त्रिपाठीको पुस्तक द लिजेन्ड अफ सुहेलदेवमा आधारित छ।

सुहेलदेवको भूमिकाका लागि उनको टोलीले केही समयअघि रामचरणसँग सम्पर्क गरेको थियो । फिल्मको स्क्रिप्ट रामचरणले पढेका बताइएको छ। उनको इच्छाअनुसार सबै कुरा मिल्यो भने उनी यस फिल्ममा राजपूत योद्धा सुहेलदेवको भूमिकामा देखिनेछन् ।

फिल्मको औपचारिक घोषणा केही समयमै हुने बताइएको छ ।

 

अमिश त्रिपाठीद्वारा लिखित, द लिजेन्ड अफ सुहेलदेव महान राजा सुहेलदेवको बहादुरीमा आधारित छ। राजा सुहेलदेवले बहराइचको युद्धमा गाजी सैयद सालार मकसूदको सेनालाई पराजित गरेका थिए। यदि यस्तो भयो भने भन्सालीको निर्देशनमा रामचरणलाई यो भूमिकामा देख्न सकिनेछ।

 

Tags: