post-slider post-slider

भूकम्प अपडेट : मृतकको संख्या १३२ पुग्यो

Image
A A

काठमाडौं- शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी जाजरकोट र पश्चिम गरी ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ।

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा १३२ जनाको ज्यान गएको हो।

नेपाल प्रहरीले जनाएअनसार बिहान १० बजेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी मृत्यु हुनेको संख्या १३२ पुगेको छ।

त्यस्तै भूकम्पमा १४० जना घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये ५५ जना जाजरकोट र ८५ जना रुकुम पश्चिमका रहेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

Tags: