post-slider post-slider

आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

Image
A A

काठमाडौं- आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतमा धेरै सक्रिय भएको मनसुन नेपालमा पनि धेरैतिर फैलिएको छ। मनसुन फैलिएकै कारण हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अबको तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान छ।

 

Tags: