post-slider post-slider

चामल र चिनीपछि भारतले प्याज निर्यातमा पनि लगायो प्रतिबन्ध

Image
A A

काठमाडौं- भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ।

प्याजको बढ्दो मूल्य नियन्त्रण र उपलब्धतालाई सुनिश्चित गर्न भारतले आगामी मार्चसम्म निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गरेर,‘प्याजको निर्यात परिवर्तन गरिएको छ। प्याजको निर्यातमा ३१ मार्च २०२४ सम्म प्रतिबन्ध लगाइएको छ।’

यसअघि भारतले चिनी र चामलको निर्यातमा लगाएको प्रतिबन्ध अझै कायमै राखेको छ।

भारत सरकारले निर्यातमा पुनः प्रतिबन्ध लगाएसँगै नेपालमा प्याज नआउने भएको छ।

तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएसँगै नेपाली बजारमा अभाव सिर्जना हुने सम्भावना बढेको छ।

तर, नेपालले प्याज पाउने सम्भावना भने खुलै रहेको पनि भारतको विदेश व्यापार निर्देशनालयले जारी गरेको सूचनाले संकेत गरेको छ।

अन्य मुलुकमा सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा प्याज निर्यात हुनसक्ने सूचनामा उल्लेख गरिएको छ।

अर्थात नेपाल सरकारले आग्रह गरेको खण्डमा भारतबाट प्याज निर्यातको बाटो खुला रहनेछ।

पछिल्लो समय भने नेपाली बजारमा प्याजको अभाव देखिएको छ। सरकारले आलु र प्याजमा लगाएको कर विवादले भने उपभोक्ता मारमा परेका छन्।

 

Tags: