![post-slider](/assets/imgs/ads/1140x100 (2).png)
![post-slider](/assets/imgs/ads/NariBachat900x100.gif)
ललितपुरको मिनाक्षी खाद्य उद्योगमा शिलबन्दी
![Image](/thumbnails/2690c981-358c-4274-8cb9-7018a3b09896_unnamed (4).jpg)
काठमाडौं, माघ २३ - ललितपुर महालक्ष्मी नगरपालिका-८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा शिलबन्दी गरिएको छ।
म्याद गुज्रिएका सामग्रीहरू नयाँ लेभलिङ गरी बजारमा पठाएको आरोपमा उक्त उद्योगमा शिलबन्दी गरिएको हो।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य, आपूर्ति तथा संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उद्योगमा शिलबन्दी गरेको हो।
अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उक्त खाद्य उद्योगले विभिन्न खाद्य पदार्थ बरामद गरिएको छ। जसमा गलत एक्पायर डेट राखिएको छ।
अनुसन्धान गर्दा एक्सपायर डेट मेटिने स्प्रिट डेट लेभलिङ गर्ने मेसिन बरामद गरिएको उनले बताए।
यस्तै, फार्म सिटी ब्रान्डको कर्नफ्लेक्स, चोकोज, ओर्ट्स, मुसेलीहरूमा गलत एक्सपायर डेट राखेको भेटिएको छ।
यस्तै, बादशाह ब्राण्डको डेट एक्सपायर भएका र नभएका मसलाहरू एकै ठाउँमा राखिएको पाइएको छ।
जनप्रतिनिधि, विभाग र प्रहरीको संयुक्त रोहबरमा उद्योगमा शिलबन्दी लगाएर सञ्चालकलाई तीन दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ।