post-slider post-slider

नेपालको विकासमा भारकातको सहयोग महत्वपूर्ण : अर्थमन्त्री महत

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूणए रहेको बताएका छन्।

मंगलबार त्रिवि शिक्षण अस्पतालको मङ्गलादेवी बर्थिङ सेन्टरको उद्घाटन गर्दै उनले नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाका लागि भारतले २० वर्षदेखि लगातार नेपालको विभिन्न क्षेत्रमा सहयोग र्दै आएको बताए।

उनले भने,‘साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ। सिधै स्थानीय तहका जनताले यसबाट प्रत्यक्ष लाभ प्राप्त गर्दछन्। भारतीय सरकार, भारतीय दूतावास र महामहिम राजदूत धन्यवादका पात्र हुुनुहुन्छ।’

आफू अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको बताउँदै उनले अर्थतन्त्रले विस्तारै गति लिइरहेको जिकिर गरे।

महतले भने,‘अहिले रेमिटेन्स वृद्धि भइरहेको छ। पर्यटन व्यवसायमा उत्साह छाएको छ। यसले अर्थतन्त्रको गतिलाई वृद्धि गर्छ। त्यसकारण निराश हुनुपर्ने अवस्था छैन। अब आत्मविश्वास जगाउनुपर्ने आवश्यक्ता छ। यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबैले खर्च गर्न गराउनुपर्दैन।’

 

Tags: