post-slider post-slider

राम मन्दिर उदघाटन : कश्मीरी मुस्लिमदेखि अफगानी, कसले के उपहार दिए?

Image
A A

काठमाडौं- पाँच सय वर्षको विवाद समाधान भएर भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको उदघाटन र प्राणप्रतिष्ठा २२ जनवरी (सोमबार) हुँदैछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट राम मन्दिरको उदघाटन हुन लागेको हो।

मन्दिर उदघाटनाको समय नजिकिँदै गर्दा राम मन्दिरलाई उपहार दिनेको लर्को लागेको छ। भारतको विभिन्न राज्यका साथै विदेशबाट समेत राम मन्दिरलाई उपहार पठाइँदैछ।

उपहार पठाउनेहरूमा कश्मीरका मुस्लिमदेखि अफगानिस्तानीहरू पनि सामेल छन्।

विश्व हिन्दू परिषद (विएचपी) का अध्यक्ष आलोक कुमारले अफगानिस्तान, कश्मिर र तमिलनाडुबाट प्राप्त भएका उपहारहरू राम मन्दिरका मुख्य पुजारी अनिल मिश्रलाई हस्तान्तरण गरिएको बताएका छन्।

कहाँबाट के उपहार पठाइयो?

कश्मीरी मुस्लिम

विएसपीका अध्यक्ष आलोक कुमारका अनुसार कश्मीरी मुस्लिमहरूले जैविकरूपमा उत्पादित २ केजी शुद्ध केसर राम मन्दिरका लागि उपहार पठाएका छन्।

‘कश्मीरका मुस्लिम दाजुभाइ र दिदीबहिनीहरू मलाई भेटेर राम मन्दिरको उदघाटना भइरहेकोमा खुसी व्यक्त गर्नुभएको छ। उहाँहरूले फरक धर्मको अनुयायी भए पनि हाम्रा पुर्खा एकै भएको बताउनुभयो। भगवान राम आफूहरूलाई मनपर्नेमध्ये एक भएको बताउनुभयो। उहाँहरूले दुई केजी अर्गानिक केसर राम मन्दिरका लागि उपहार दिनुभएको छ,’ आलोकले भने।

राजस्थान

राजस्थानस्थित श्री मेहन्दीपुर बालाजी मन्दिर न्यासले १ लाख ५१ हजार लड्डुको प्याकेट र ७ हजार थान कम्बल श्रद्धालुहरूबीच वितरण गर्न राम मन्दिरलाई उपहार प्रदान गरेको छ।

गुजरात

गुजरात प्रदेसले ३ हजार ६१० केजी वजन भएको १०८ फिट लामो अगरबत्ती मन्दिरलाई उपहार दिएको छ। यो अगरबत्ती तयार पार्न ६ महिना लागेको थियो।

गुजरातको बडोदराका श्रद्धालु विहा भारवाडले या अगरबत्ती तयार पारेका थिए।

उत्तर प्रदेस

उत्तर प्रदेसबाट अस्तधातुबाट तयार पारिएको २ हजार १ सय केजी तौल भएको घण्टी उपहार पठाएको छ। 

तमिलनाडु

तमिलनाडुका सिल्क उत्पदानकर्ताहरूले राम मन्दिर अंकित सिल्कको तन्ना उपहारस्वरूप राम मन्दिरलाई पठाएको छ।

अफगानिस्तान

अफगानिस्तानको कुबा नदीको पानी राम मन्दिरलाई उपहारको रूपमा पठाइएको विएसपीका प्रमुख आलोक कुमारले बताएका छन्।

नेपाल

जनकपुरधामस्थि जानकी मन्दिरले राम मन्दिरका लागि तीन हजारभन्दा बढी कोसेली पठाएको छ। कोसेलीमा सुन चाँदीका गरगहना, लत्ताकपडा, मिठाइलगायतका विभिन्न पकवानहरू रहेका छन्।

यसबाहेक श्रद्धालुहरूले अयोध्याको राम मन्दिरका लागि विश्वकै सबैभन्दा ठूलो ताला र लड्डु उपहार पठाएका छन्। तालाको तौल ४ सय केजी रहेको छ भने लड्डु १ हजार २६५ केजीको रहेको छ।

लड्डु हैदराबादस्थि श्रीराम क्याटरिङ सर्भिसेज र वृद्ध दम्पत्ती सत्यप्रकाश शर्मा र उनकी श्रीमती रूक्मिनी शर्माले ४ सय केजीको ताला बनाएका छन्।

गुजरातका एक हिरा व्यापारीले ५ हजार अमेरिकन हिरा र २ केजी चाँदी प्रयोग गरेर राम मन्दिरको स्वरूपमा तयार पारिएको नेक्लेस राम मन्दिरलाई उपहार प्रदान गरेका छन्।

भगवान राम थाइल्यान्ड, इन्डोनेसियाका साथै अन्य दक्षिण एसियन राष्ट्रहरूमा पुज्यनीय छन्। मुस्लिम बाहुल्य भएको इन्डोनेसियामा रामलीला प्रदर्शन हुने गरेको छ।

यो पनि :

अयोध्यामा राम मन्दिरको उदघाटन र प्राणप्रतिष्ठा : नेपालमा कस्तो उत्साह?

राम मन्दिर उदघाटन : जनकपुरधामबाट २० बोगीको रेल अयोध्या जाँदै

 

Tags: