post-slider post-slider

बालकुमारी घटना : तीन सदस्यीय छानबिन समिति गठन, सत्यतथ्य पत्ता लगाउन निर्देशन

Image
A A

काठमाडौं- ललितपुरको बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यो घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको हो।

बैठकले घटनाबारे निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ आयोग गठन गर्दै कार्यदेश तोकेको छ।

आयोगले यो घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाबारेमा अध्ययन गरी दोषी जो कोहीलाई कारबाहीका लागि सिफारिस गर्नेछ।

यसैगरी आयोगले घटनामा भएको मानवीय, भौतिकलगायतका क्षतिको विवरण अध्ययन÷विश्लेषण गर्ने, घटनाका कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमिकमजोरी पत्ता लगाउनेछ।

त्यस्तै आयोगले आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपया समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र सरकारसमक्ष पेस गर्नेछ।

 

Tags: