post-slider post-slider

टि–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता : टिम नेपालको घोषणा

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ।

रोहित पौडेलको नेतृत्वमा क्यानले १५ सदस्यीय टिमको घोषणा भएको हो।

टिममा स्पिनर सन्दीप लामिछाने फर्किएका छन्।

त्यस्तै १५ सदस्यीय टिममा विनोद भण्डारीले पनि स्थान पाएका छन्।

एसिया क्षेत्र छनोट प्रतियोगिता ३० अक्टुबरदेखि काठमाडौंमा सुरू हुँदैछ।

नेपाली टिम :  रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।

 

Tags: