post-slider post-slider

कोशीमा थपिए चार मन्त्री, दुई राज्य मन्त्री

Image
A A

विराटनगर, माघ २६ - कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।

स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकास मन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन्।

उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको सपथ गराए।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन्।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भइसकेका छन्। यो सँगै कोशीको मन्त्रिपरिषद १० सदस्यीय भएको छ।

Tags: