post-slider post-slider

एकदिवसीय क्रिकेट विश्वकप : आज दुई खेल हुँदै

Image
A A

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार दुईवटा खेल हुँदैछ।

प्रतियोगिताको १९ औं खेलमा नेदरल्यान्ड्स र श्रीलंका भिड्दैछ भने २० औं खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ।

नेदरल्यान्ड्स र श्रीलंका लखनऊको मैदानमा एकअर्काविरूद्ध उत्रिँदै छ भने इंग्ल्यान्ड र दक्षिण अफ्रिका मुम्बईको बानखेडे मैदानमा प्रतिस्पर्धा हुनेछ।

अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको नेदरल्यान्ड्स श्रीलंकाविरूद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिने छ।

जारी विश्वकपअन्तर्गत अहिलेसम्म भएका तीनवटा खेलमा नेदरल्यान्ड्सले एकमात्र खेलमा दक्षिण अफ्रिकाविरूद्ध जित हासिल गरेको छ।

प्वाइन्ट टेबलमा २ अङ्क रहेको नेदरल्यान्ड्सको नेट रनरेट –०.९९३ रहेको छ।

सन् १९९६ को विश्वविजेता श्रीलंकाली टिमले पनि यसपालिको विश्वकपमा हालसम्म राम्रो प्रदर्शन गर्न सकेको छैन।

प्वाइन्ट टेबलमा २ अङ्क र –१.५३२ नेट रनरेटका साथ श्रीलंका सबैभन्दा अन्त्यमा रहेको छ।

यो विश्वकपमा हालसम्म खेलेको तीनवटै खेलमा श्रीलंकाले पराजय भोग्नुपरेको छ।

नेदरल्यान्ड्सविरूद्ध जित हासिल गरेर प्वाइन्ट टेबलमा सुधार गर्नतर्फ श्रीलंकाको प्रयास हुनेछ।

शनिबारको इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल रोमाञ्चक हुने ठानिएको छ।

तीनमध्ये अहिलेसम्म एकमात्र जित हासिल गरेको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड दक्षिण अफ्रिकालाई पराजित गरेर अंकतालिकामा उक्लिने प्रयासमा हुनेछ।

पछिल्लो खेलमा अफगानिस्तानसँग पराजित भएको इंग्ल्यान्ड दक्षिण अफ्रिकाविरूद्ध गल्ती सुधार गरेर मैदानमा उत्रिने अपेक्षा गरिएको छ।

जारी विश्वकपमा तीनमध्ये दुई खेल जितेको दक्षिण अफ्रिका ६ अङ्क र १.३८५ नेट रनरेटका साथ तेस्रो स्थानमा रहेको छ।

त्यस्तै तीनमध्ये जम्मा एक खेल जितेको इंग्ल्यान्ड २ अङ्क र –०.०८४ नेट रनरेटसहित छैठों स्थानमा छ।

 

Tags: