post-slider post-slider

सिन्धुपाल्चोकमा १३७ जनाले परित्याग गरे नेकपा एस

Image
A A

काठमाडौं- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सय ३७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्।

आज चौतारामा आयोजित कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन्।

नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ पनि एमालेमै फर्किएका छन्। नेकपा एसका प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल पनि एमालेमै फर्किएका हुन्।

प्रदेश कमिटिका उपसचिव रविकुमार भण्डारी पनि नेकपा एस परित्याग गरी एमालेमै फर्किएका छन्। पछिल्लो समय नेकपा एस परित्या गरी एमालेमै फर्किनेको होड चलिरहेको छ। देशैभरबाट पुरानै पार्टी एमालेमा फर्किरहेकाहरूले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताउँदै आएका छन्।

Tags: