post-slider post-slider

एनसेल सेयर खरिदबिक्री प्रकरण : राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीसँग छलफल

Image
A A

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरू भएको छ।

समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका छन्।

बैठकमा एनसेलको सेयर खरिदबिक्रीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि बसेको समितिको बैठकले एनसेलको सेयर खरिदबिक्रीबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने निर्णय गरेको थियो।

समितिको यही निर्णयअनुसार प्रचण्ड बैठकमा पुगेका हुन्।

एनसेलको विषयमा सरकारकातर्फबाट के कस्तो कारबाही भइरहेको छ भन्ने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ।


बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालगयात सहभागी छन्।

 

Tags: