post-slider post-slider

इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

Image
A A

काठमाडौं- इजरायली आक्रमणमा परी उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा पाँच प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परी पाँच जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको बताएको हो।

नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो।

स्थानीय प्यालेस्टिनी स्रोतहरूका अनुसार इजरायली सेनाले सहरनजिककै शरणार्थी शिविरमा १० घण्टा लामो सैन्य आक्रमण गरेको थियो।

यसैबीच इजरायली सेनाले विज्ञप्ति जारी गर्दै तुलकर्मनजिककैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिको क्रममा कम्तीमा चार प्यालिस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ।

आधिकारिक प्यलोस्टिनी समाचार एजेन्सी डब्ल्युएएफएका अनुसार अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरू भएदेखि कम्तिमा २९६ प्यालेस्टाइनीहरू वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन्।

 

Tags: