post-slider post-slider

वीरगन्जमा ११ घन्टाका लागि हट्यो कर्फ्यू

Image

पर्सा, फागुन ९ - वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यू राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो।

वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबीच द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएपछि सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी कर्फ्यू हटाइएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले हालको स्थितिलाई मध्यनजर गरी कर्फ्यू हटाइएको बताए।

यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यू खुल्ला गरिने र बिहान ११ बजेपछि पुन: कर्फ्यू यथावत् राख्ने निर्णय गरेको थियो।

बमंगलबार सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गर्दै सामाजिक सद्भाव कायम राख्ने निर्णय गरेको थियो।

Tags: