post-slider post-slider

विराटनगर आगलागी : दुई जनाको मृत्यु, घाइतेहरूलाई सेनाको ‘स्ट्राइक ट्रक’ बाट काठमाडौं ल्याइयो

Image
A A

काठमाडौं- विराटनगरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

विराटनगर–७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको हो।

आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शव पहिचान नहुने अवस्थामा रहेको प्रहरीको भनाइ छ।

यसअघि आगलागीमा परेर घाइते भएका विराटनगर–६ का ३० वर्षीय दीपक मण्डलको मृत्यु भएको थियो।

आगलागीमा परी घाइते भएका चार जनालाई उपचारका लागि नेपाली सेनाको ‘स्काइ ट्रक’ बाट थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न सेन्टर ल्याइएको छ।

मोरङ प्रहरी प्रमुख दीपक पोखरेलका अनुसार विराटनगर–७ की ५५ वर्षीया रिता सरदार, वडा नम्बर ६ की ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन्।

उनीहरू चारै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए।

घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर रहेको बताइएको छ।

कवाडीका कामदारहरूले संकलित वस्तु किच्याउने क्रममा आगलागी भएको बताइएको छ।

अल्मुनियमको सेन्टको बोतल फुटेपछि आगो सल्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

 

Tags: