post-slider post-slider

बजेट २०८० : इन्धन खर्चका लागि सरकारी पदाधिकारीलाई निश्चित रकम उपलब्ध गराइने

Image
A A

काठमाडौं-  सरकारले सरकारी सवारी सुविधा पाउने पदाधिकारीलाई निश्चित रकम उपलब्ध गराउने भएको छ।

स्रोतमा परेको चापलाई मूल्यांकन गरी खर्च कटौती गर्न सरकारले यस्तो निर्णय गरेको हो।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले इन्धनवापत अनुचित पैसा असुल्ने क्रमलाई नियन्त्रण गर्न निश्चित रकम उपलब्ध गराउने नीति लिइएको बताए।

मन्त्री महतले आत्मनिर्भर अर्थतन्त्रको आधार स्वेदशमा नै रोजगार भन्ने नाराका साथ उत्पादन र रोजगारीका अवसर वृद्धि गरिने जानकारी दिए।

उनले स्थानीय तहमा उत्पादन र रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए।

बाँझो जमिन प्रयोग गरी उद्यम गर्न प्रोत्साहन गरिने बताउँदै उनले यो कार्यक्रमका लागि सात अर्ब विनियोजन गरिएको जानकारी दिए।

 

Tags: