post-slider post-slider

पूर्वडिआइजी छविलाल जोशी पक्राउ, रविबारे अनुसन्धान गर्दै प्रहरी

Image
A A

काठमाडौं- नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्।

जोशीलाई सहकारी ठगीको आरोपमा आइतबार अपराह्न ४ बजे पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार जोशीलाई आइतबार नै पोखरा लगिएको छ।

जोशीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी गरेको आरोप छ। उनीसहित यो मुद्दामा सूर्यदर्शनका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएका छन्।

सहकारी ठगीसम्बन्धी जाँचबुझ समितिले जोशी, राई र लामिछानेलाई पोलेको थियो। समितिको प्रतिवेदन आउनेवित्तिकै जोशीलाई पक्राउ गरिएको बोगटीले बताए।

‘रवि लामिछानेलाई पक्राउ गर्ने तयारी जब जोशीले बयान दिन्छन् त्यसपछि निर्धारण हुन्छ,’ बोगटीले आयोमेलसँग भने।

छानबिन प्रतिवेदनले राई मलेसियामा रहेको जनाएको थियो। राई अहिले प्रहरीको ‘रेड नोटिस’मा छन्।  

डिआइजी जोशी राईको नेटवर्किङ कम्पनी नेचर हर्बदेखि ग्यालेक्सी टिभी नेटवर्कमा आवद्ध थिए। ग्यालेक्सी टिभी नेटवर्कका प्रबन्ध निर्देशक लामिछाने थिए।

Tags: