post-slider post-slider

नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

Image
A A

बाँके- नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको  नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन्। 

मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। 

उनीहरूको साथबाट नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको बाँके प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

Tags: