post-slider post-slider

सिन्धुलीमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
A A

काठमाडौं, फागुन ४ - सिन्धुलीमा मोटरसाइकलले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्य भएको छ।

मृत्यु हुनेमा दुधौली नगरपालिका-१० का २३ वर्षीय बेचु कुमर रहेका छन्।

शुक्रबार बिहान करिब ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुमरको कटारी सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताए।

दुधौली नगरपालिका-९ आँपडाँडास्थित मदन भण्डारी राजमार्गमा डकाहाबाट दुधौलीतर्फ जाँदै स१०प ३९०९ नम्बरको मोटरसाइकललाई कुमरले चलाएको प्र.१-०५-००१प ६२८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्कर दिँदा दुबै चालक सडकबाट १० फिट तल खेतमा खसेका थिए। अर्का चालक दुधौली नगरपालिका-९ का ५५ वर्षीय हरि राउत घाइते छन्। उनको सिन्धुलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ।

Tags: