post-slider post-slider

सुन तस्करी प्रकरण : आयोग गठनबारे गठबन्धन र प्रमुख प्रतिपक्षबीच के भयो छलफल?

Image
A A

काठमाडौं- सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल भएको छ।

उच्चस्तरीय छानबिन आयोगको क्षेत्राधिकारका विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच छलफल भएको हो।

एक महिनाअघि आयोग गठन गर्ने सहमति भए पनि क्षेत्राधिकारका विषयमा भने मतभेद हुँदा आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन।

सिंहदरबारस्थि गृह मन्त्रालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए।

बैठकपछि नेताहरूले छलफल सकारात्मक दिशातर्फ अघि बढेको प्रतिक्रिया दिएका छन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताए। उनले आयोगको क्षेत्राधिकारलगायतका विषयमा छलफल भएको जानकारी दिए।

‘आयोग गठन गर्ने सहमति नै हो। अहिले नमिलेको कुरा यसको क्षेत्राधिकार के हुने भन्ने हो। मुलतः तीनवटा कुरामा छलफल भएको छ,’ उनले भने,‘मौजुदा कानुन र संरचनामा के–कस्तो परिवर्तन गर्नुपर्छ? त्यसको सुधारका लागि सुझाव दिने हो। अर्को भनेको अहिलेको घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याउने कुरा हो।’

गठबन्धन र उमालेबीच आयोगले पछिल्लो घटनामा शून्यबाट अनुसन्धान गर्ने वा यसअघि सिआइबीले गरेको अनुसन्धानलाई टेकेर थप अनुसन्धान अघि बढाउने भन्ने विषयमा कुरा मिलेको छैन।

लेखकले राज्यका स्थायी संरचनाले गरेको अनुसन्धानलाई विश्वासमा लिएर थप अनुसन्धान गर्न सकिने गरी व्यवस्था गर्न सकिने बताए।

 

Tags: