post-slider post-slider

मन्त्री फिर्ता बोलाएर फ्लोरबाट सरकारलाई समर्थन गरौं : गगन थापा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनु पर्ने बताएका छन्।

काठमाडौंमा आज रुपान्तरण अभियानले आयोजना गरेको कार्यक्रममा थापाले वर्तमान सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन्।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेर मन्त्री फिर्ता बोलाउनुपर्ने बताए। उनले भने, ‘अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस् त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ। त्यसपछि भएन भने कांग्रेसले गरेन भन्न मिल्छ।’ 

महामन्त्री थापाले २०८४ को चुनावमा कांग्रेसले गठबन्धन नगर्नेसमेत बताए। उनले भने, ‘८४ मा चुनावी गठबन्धन हुँदै हुँदैन। कांग्रेसभित्र कुरै गर्न पाउँदैन।’ उनले गठबन्धन गर्दा  डेमोक्रेसीको आत्मा मारेको टिप्पणी गरे। 

महामन्त्री थापाले अहिलेको प्रदेशको काम नभएको समेत बताए। उनले कानुन नबनाएकाले प्रदेश प्रभावकारी बन्न नसकेको बताए। उनले भने, ‘प्रदेश कामकाजी छैन। हामीले कानुन बनाएका छैनौँ। कार्यालय राखिदिएका छौँ। पंगु बनाइदिएका छौँ।’ 

उनले अगाडि भने, ‘मुख्यमन्त्री माओवादीले सरकार ढाल्ने भयो बनेर मन्त्रालय फुटाउन के गर्ने भनेर काठमाडौंमा हुनुहुन्छ रे। म खोजिरहेको छु। हिजो केन्द्रीय समितिबाट निर्णय गरेका होइनौँ? यस्ता मुख्यमन्त्री गए जाओस् तर मन्त्रालय थप्दिन भन्न सक्नुपर्छ।’

Tags: