post-slider post-slider

विश्वकप : भारतको विजयी सुरूवात, ३१ वर्षपछि पहिलो खेलमा अस्ट्रेलियाको पराजय

Image
A A

काठमाडौं- आइसिसी विश्वकपमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।

चेन्नईको एमए चिदम्बरम मैदानमा आइतबार भएको खेलमा भारतले आफ्नो पहिलो खेलमा पाँचपटकको विश्व विजेता अस्ट्रेलियालाई पराजित गरेको हो।

जितबाट भारतले विश्वकपमा यात्रा सुरू गर्दा अस्ट्रेलिया भने ३१ वर्षपछि पहिलो खेलमा पराजित भएको हो। यसअघि अस्ट्रेलिया १९९२ विश्वकपको पहिलो खेलमा पराजित भएको थियो।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियन टिम भारतीय बलरसामु धारासायी भएको थियो।

पेसर जसप्रित बुमराह र मोहम्मद सिराजका साथै स्पिनरहरू कुलदीप यादव, रवीचन्द्रन अश्विन तथा रवीन्द्र जडेजाको बलिङसामू अस्ट्रेलियाका ब्याटरहरू निरीह देखिए।

विश्वकपमा ‘फेवरेट’  ठानिएको अस्ट्रेलिया निर्धारित ५० ओभर खेल्न सकेन।

४९.३ ओभरमा सबै विकेट गुमाएर अस्ट्रेलियाले जम्मा १९९ रन बनायो।

२ सय रनको झिनो लक्ष्य पाएको भारतले राम्रो सुरूवात गर्न सकेन। ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा र ईशान किसन शून्य रनमा आउट भए।

केहीबेरपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका श्रेयस एय्यर पनि खाता नै नखोली प्याबेलियन फर्किए। त्यतिबेला भारतको स्कोर २ रनमा ३ विकेट थियो।

त्यसपछि ब्याटिङ गर्न आएका विराट कोहली र केएल राहुलले इनिङ सम्हाले। कोहली र राहुलको जोडीले १६५ रनको साझेदारी गरे। र, यही साझेदारीले भारतलाई जितको लक्ष्यसम्म पु¥यायो।

हुनत १२ रनको व्यक्तिगत स्कोरमा छँदा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले क्याच छोडेका थिए। त्यसपछि सम्हलिएर खेलेका कोहलीले ८५ रन बनाए। 

जितका लागि केही रनमात्रै बाँकी छँदा जौस हैजलवुडले मार्नस लबुसेङको हातबाट क्याच आउट गराए।

तर, क्रिजमा अडिएका केएल राहुलले छक्का प्रहार गरेर टिमलाई जितको लक्ष्यसम्म पु¥याए। राहुल ९७ रन बनाएर नटआउट रहे। ११५ बल खेलका उनले ८ चौका २ छक्का प्रहार गरे।

त्यस्तै हार्दिक पान्ड्याले ८ बल खेलेर अविजित ११ रन बनाए।

यसअघि ब्याटिङ गर्दै अस्ट्रेलियाका तर्फबाट स्टिव स्मिथले सर्वाधिक ४६ रन बनाउँदा डेविड वार्नरले ४१ रन जोडे।

यी दुई ब्याटरबाहेका अस्ट्रेलियाका अरू कुनै ब्याटरले उत्कृष्ट प्रदशृन गर्न सकेनन्।

भारतको तर्फबाट बलिङ गर्दै रवीन्द्र जडेजाले ३ विकेट लिँदा बुमराह र कुलदीप यादवले २–२ तथा सिराज, पान्ड्या र आश्विनले १–१ विकेट लिए।

९७ रन बनाएर नटआउट रहेका केएल राहुल म्यान अफ प्लेयर भए।

 

Tags: