post-slider post-slider

‘नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा भाग लिन कांग्रेस नेता निधि राजस्थानमा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारत राजस्थानस्थित विद्यापीठका कुलपति कर्नल प्राध्यापक शिवसिंंह सारंग देवोतबीच भेटवार्ता भएको छ।

नेता निधि र कुलपति देवोतबीच सोमबार राजस्थानको उदयपुरमा भेटवार्ता भएको हो।

नेपाल–भारत सम्बन्धका विषयमा मंगलबार आयोजना हुन लागेको गोष्ठीमा सहभागी हुन उदयपुर पुगेका निधिसँग कुलपति देवोतले भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा विद्यापीठका कुलप्रमुख बी.एल गुर्जर पनि उपस्थित थिए।

विद्यापीठले मंगलबार आयोजना गर्न लागेको नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक, सामरिक, आर्थिक एवं शैक्षिक सम्बन्ध विषयक गोष्ठीमा सहभागी हुन् प्रमुख अतिथिका रुपमा निधि उदयपुर पुगेका छन्।

गोष्ठीमा दुवै देशबीचको सम्बन्धको वर्तमान स्थिति र भविष्यमा सहयोगको सम्भावनालगायतका विषयमा छलफल हुने विद्यापीठले जनाएको छ।

दुवै देशबीच रहेको सम्बन्धलाई थप प्रगाढ बनाउन यो पहल थालिएको विद्यापीठको भनाइ छ।

गोष्ठीमा निधिको सहभागिताले नेपाल–भारत सम्बन्धको भविष्यबारे उनको धारणा बुझ्ने मूल्यवान अवसर रहेको कुलपति देवोतले बताएका छन्।

‘नेपाल–भारतको सम्बन्धसम्बन्धी चर्चामा विमलेन्द्रजी सहभागी हुने भएपछि हामी आफूहरुलाई सम्मानित महसुस गरिरहेका छौं। उनको अनुभव र ज्ञान हाम्रा शिक्षक तथा विद्यार्थीहरुका लागि अमूल्य हुनेछ। यो गोष्ठी नेपाल र भारतबीचको समझदारी तथा सहयोगलाई बढावा दिन विश्वविद्यालयको तर्फबाट भइरहेको प्रयासको एक हिस्सा रहेको छ,’ कुलपति देवोतले भने।

    

Tags: