post-slider post-slider

बारामा बस दुर्घटना, एक जनाको मृत्यु

Image
A A

काठमाडौं- बाराको सिमरामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जनाबढी घाइते भएका छन्।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति १० बजेतर्फ सिमरा चोकमा दुर्घटना भएको हो।

मोटरसाइकललाई बचाउन क्रममा बस अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनामा अन्दाजी २५ वर्षीय पुरुषको उपचारका क्रममा वीरगञ्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन।

चितवनको जलबिरेमा पिकनिक मनाएर फर्कने क्रममा बस दुर्घटना भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनाका ११ जना घाइतेको पहिचान र अवस्था खुलेको छ।

दुर्घटनामा घाइते हुनेहरू कलैया उपमहानगरपालिका- २० का वीरबहादुर महतो, वीरगन्ज महानगरपालिका -८ का सुरज साह, सोही ठाँउकी प्रिया गुप्ता, मनिषा साह, सेजल गुरुङ, ललन चौरसिया, राजनकुमार गुप्ता, मोहन साह, कलैया- ६ का प्रसाद गुप्ता, अविनाश गुप्ता र जीतपुरसिमरा- २ का अनिष राई रहेका छन्।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

 

Tags: