post-slider post-slider

इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

Image
A A

एजेन्सी- इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ।

इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन्।

यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गर्‍यो र ‘हार्ड ल्यान्डिङ’ गर्नुपर्‍यो।

धेरै मन्त्री र अधिकारी बोकेका अन्य दुई हेलिकप्टर सकुशल पुगेका छन्।

इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ, मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ।

घटनाको जानकारी पाएको लामो समय बितिसक्दा पनि उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन। यस क्षेत्रमा जम्मा ४० उद्धार टोली खटाइएको छ। यस आपतकालीन कार्यमा ड्रोन युनिटहरूले पनि मद्दत गरिरहेका छन्।

इरानको आपतकालीन सेवाका अनुसार घटनास्थलमा आठ एम्बुलेन्स पठाइएको भए पनि खराब मौसमका कारण राहत र उद्धारमा कठिनाई भइरहेको छ।

हेलिकप्टरले कडा अवतरण गरेको क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ।

ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो।

Tags: