post-slider post-slider

जनताका घरमा पुगेर गुनासा र आलोचना सुन्नू : प्रचण्ड

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी जनताका घरमा पुगेर गुनासा र आलोचना सुन्न कार्यकर्तालाई आग्रह गरेका छन्। 

पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकको अन्तिममा सम्बोधन गर्दै पार्टीले सञ्चालन गरेको तीन महिने अभियानको क्रममा देशभरीका प्रत्येक घरहरूमा पुगेर जनताको गुनासा र आलोचना सुन्न नेताहरूलाई निर्देशन दिएका हुन्। 

प्रचण्डले तीन महिने अभियान प्रभावकारी बनाउन एउटा घर पनि नछाड्न र सहिद बेपत्ता परिवारसँग समेत भेट गर्न आग्रह गरेका छन्। 

माओवादीले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ नाम दिएर भदौ १६ गतेबाट तीन महिने अभियान सञ्चालन गर्दैछ। सो अभियानको सम्पूर्ण तयारी भदौ १५ भित्र सक्नेगरी लाग्न पनि सम्बन्धित नेताहरूलाई निर्देशन भइसकेको छ। 

Tags: