post-slider post-slider

तिनाउ पुलनजिक युवकको शव फेला

Image
A A

काठमाडौं- बुटवलको तिनाउ पुल नजिक एक युवकको शव फेला परेको छ।

बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विकको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तिनाउ नदीमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले शवलाई नदिबाट निकाली पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

Tags: