post-slider post-slider

देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

Image
A A

काठमाडौं- देशका विभिन्न भूभागमा गएराति भारी वर्षा भएको छ। नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ। 

उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुममान महाशाखाले जनाएको छ। 

झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ। उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ। त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags: