post-slider post-slider

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्षसहित ५ जना पक्राउ

Image
A A

काठमाडौं- सुनसरीको इटहरीस्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेको प्रहरीले जनाएको छ।

एक जनाको नाम भने गोप्य राखिएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन्।

बचकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ताको माग गर्दै उजुरी दिएका थिए।

प्रदेस सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरूद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

 

Tags: