post-slider post-slider

पशुपति क्षेत्र विकास कोषले भन्यो – भारतमा पशुपतिनाथ मन्दिर बनाउन सहमति दिइएको छैन

Image
A A

काठमाडौं- भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ।

कोषले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएको हो।

कोषले ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा’ भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ।

पशुपतिनाथ मन्दिरका विषयमा भारत र नेपालका केही सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको कोषले बताएको छ।

‘समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चारमाध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कोषले भारतको उत्तराखण्डस्थित विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति दिने सम्बन्धमा कुनै निर्णय नभएको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘भ्रामक समाचारहरूका कारण हिन्दु धर्म, दर्शन एवं पशुपति दर्शनप्रति आस्थावान धार्मिक जनप्रति आघात पुगेको छ। भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै सहमति र निर्णय नभएको जानकारी गराउँदछौं।’

 

 

Tags: