post-slider post-slider

कलैयाका नगरप्रमुखलाई धम्की दिने पक्राउ

Image
A A

काठमाडौं- कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रमुख साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–५ महुवन बस्ने भोला गिरीलाई पक्राउ गरेको हो।

गिरीले नगरप्रमुख साहलाई फोन गरेर धम्की दिएको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

अज्ञात व्यक्तिले आफूलाई फोन गरेर धम्की दिएको भन्ने जानकारी नगरप्रमुख साहले प्रहरीलाई गराएका थिए।

धम्की आएको फोन नम्बर ट्र्याक गरेर गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गिरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

 

Tags: