post-slider post-slider

६० किलो सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

Image
A A

काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

घटनामा उनीहरू पनि जोडिएका केही संकेत पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाए पनि पछि सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको छ।

६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन्। यसका मुख्य अभियुक्त बेल्जियमका नागरिक दावा छिरिङलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनले नेपाली नागरिकता लिएको पनि पुष्टि भइसकेको छ।

Tags: