post-slider post-slider

शेखर–गगन समूहको बैठक बस्दै

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षको भेला आयोजना गर्न लागेका हुन्।

भेला दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने बताइएको छ।

करिब एक वर्षपछि संस्थापनइतर पक्षले ‘वृहत्त’ बैठकको आयोजना गर्न लागेको हो।

यसअघि मंगलबारका लागि तय गरिएको भेला आजका लागि सारिएको हो।

एउटै समूहमा रहेका नेता कोइराला र महामन्त्री थापाबीच पछिल्लो समय असन्तुष्टि देखिएको छ।

भेलामा इतरसमूहका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेस सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलगायत सहभागी हुनेछन्।

यसबीचमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

कार्यसम्पादन समितिको बैठक आगामी माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेवदार चयनलगायतका विषयमा केन्द्रित रहने नेताहरूले बताएका छन्।

सभापति देउवाले आह्वान गरेको कार्यसम्पादन समितिको बैठकअघि इतर समूहले आफ्नो पक्षको भेला बोलाएको हो।

 

Tags: