post-slider post-slider

जर्मनी सरकारबाट प्रस्तावित ५ अर्ब ९ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

Image
A A

काठमाडौं- सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन युरो (करिब ५ अर्ब ९ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहायता स्वीकार गर्ने र उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब नेपाली रूपैयाँ) ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी दिने निर्णयसमेत भएको जानकारी दिइन्।

त्यस्तै पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरेबिया सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्री शर्माले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिएकी छन्।

 

Tags: