post-slider post-slider

कोसीका मुख्यमन्त्री कार्कीको प्रस्ताव : सर्वपक्षीय सरकार बनाऔं

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन्।

विश्वासको मत लिने प्रस्तावमाथि बिहीबार प्रदेससभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

आफूले विश्वासको मत नपाएर त्यसपछि बन्ने सरकार चल्न नसक्ने बताउँदै उनले सर्वपक्षीय सरकार गठन गर्नुपर्ने जिकिर गरे।

प्रदेसमा राजनीतकि स्थिरता कायम गर्न पनि सर्वपक्षीय सरकार अहिलेको आवश्यक्ता भएको उनको भनाइ छ।

‘बिहीबारमात्र पनि मैले आफ्नो पार्टी र अरू पार्टी नेतृत्वसँग परामर्श गरेको छु,’ उनले भने,‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु।’

सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भए पनि त्यसका लागि आफू तयार भएको उनले बताए।

‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्नेवाला छैन,’ कार्कीले भने।

 

Tags: