post-slider post-slider

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

Image
A A

काठमाडौं - साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

 

 जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमाण भन्दै फर्जी कागजात देखाएर कम्बोडियाको टेलिकममा ३२ अर्ब रकम लगानी गरेको भन्दै प्रसाईंले आरोप लगाएका थिए। 

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।

मंगलबार नै उनको स्वास्थ्य परीक्षण गरिएको थियो।  सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ। उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताइएको छ।

प्रसाईंमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो। मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए।

साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उनी सो मुद्दामा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

Tags: