post-slider post-slider

लुम्बिनीमा रूसी गुम्बा निर्माण सुरू

Image
A A

काठमाडौं-  रूसी सरकार र दाताहरूको सहयोगमा वुद्ध जन्मभूमि लुम्बिनीमा  गुम्बा निर्माण प्रारम्भ भएको छ।

लुम्बिनी गार्डेनभित्र नेपाल सरकारले उपलब्ध गराएको एक बिगाहा जमिनमा बन्ने रूसी गुम्बाको लागत ५० करोड रूपियां नाघ्ने निर्माण संयोजन गरिरहेको रूस नेपाल मैत्री संघले जनाएको छ।

पहिलो चरणको निर्माणनिम्ति ३० करोड रूपियां विनियोजन भइसकेको छ।

रूसी राजदुत अलेक्सेइ नोविकोभले आइतबार लुम्बिनी गार्डेनमा गुम्बाको शिलान्यास गरेका हुन्। शिलान्यास समारोहमा रूसकै सबैभन्दा पुरानो सेन्ट पिट्सवर्ग गुम्बाका मूल अधिकारीसहितका अतिथीहरू उपस्थित थिए। 

दुई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको गुम्बामा सेन्ट पिट्सवर्ग गुम्बाका कला र शैली अनुसरण हुने संघले जनाएको छ। 

संङका उपाध्यक्ष एवम् गैर आवासीय नेपाली संघका अध्यक्ष डा वद्रि केसीका अनुसार रूस र नेपालबीच दशकौंअघि सुरू भएको आपसी सहयोगको सम्बन्धलाई यो गुम्बा निर्माणले नयां गति दिने विश्वास व्यक्त गरे।

उनले नेपालमा जन्मनु भएका भगवान गौतम वुद्धप्रति रूसी जनतामा गहिरो आस्था रहेको उल्लेख गरे।

रूसी राजदुत नोभिकोभले लुम्बिनीमा रूसी गुम्बा बनाएर सन्तान दरसन्तानका लागि  शान्तिरूपी सुन्दर उपहार छाड्न चाहेको उल्लेख गरे। 

लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्राचार्यले लुम्बिनीबाट प्रवाह हुने कुनै पनि शान्ति  सन्देशले संसारभर विराट प्रभाव  पार्ने बताए।

Tags: