post-slider post-slider

विश्वकप सेमिफाइनल : अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

Image
A A

काठमाडौं- आइसिसी विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

कोलकत्ताको इडन गार्डेनमा दिउँसो सवा २ बजे पाँचपटकको विश्व विजेत अस्ट्रेलिया र पहिलोपटक विश्वकप  उचाल्ने खोजीमा रहेको दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुन लागेको हो।

टेम्बा बमुमा नेतृत्वको दक्षिण अफ्रिका योपालिको विश्वकप प्रतियोगितामा बलियो टिमको रूपमा देखिएको छ।

दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ मा जित हात पार्दै अंकतालिकामा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

लिग चरणको खेलमा दक्षिण अफ्रिकाले भारत र नेदरल्यान्ड्ससँग पराजयको सामना गर्नु परेको थियो।

प्याट कमिन्स नेतृत्वको अस्ट्रेलिया पनि ९ मध्ये ७ खेलमा जित हासिल गरेर अंकतालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।

लिग चरणमा अस्ट्रेलियालाई भारत र दक्षिण अफ्रिकाले पराजित गरेको थियो। 

कमिन्स नेतृत्वको टोलीले लिग चरणमा भएका गल्ती सुधार गर्दै सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्ने रणनीतिका साथ मैदानमा उत्रिने छन्।

पछिल्लो इतिहासलाई हेर्ने हो भने दुवै टिम एकदिवसीय खेलमा १०९ पटक एकअर्कासँग भिडेका छन्। जसमा दक्षिण अफ्रिकाले ५५ र अस्ट्रेलिया ५० खेलमा जित हासिल गरेको छ।

तीन खेल बराबरी र एक खेल नतिजाविहीन छ।

क्रिकेटको लामो इतिहास बोकेको दक्षिण अफ्रिकाले हालसम्म विश्वकपको उपाधि जितेको छैन। 

त्यसकारण उसका लागि आजको खेलमा जित  हात पार्दै विश्वकप जित्ने राम्रो मौका पनि हो। जबकि अस्ट्रेलिया पनि आजको खेलमा जित हात पार्दै विश्वकपको उपाधिका लागि स्थान सुनिश्चित गर्न चाहन्छ।

न्युजिल्यान्डलाई पराजित गरेर भारत यसअघि नै प्रतियोगिताको फाइनमा प्रवेश गरिसकेको छ।

आजको खेलमा जित्ने टोलीले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ।

 

Tags: