post-slider post-slider

इरान जेलमा बन्द नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

Image
A A

काठमाडौं- यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छन्।

महिलाविरूद्ध हुने दमनका विरूद्ध गरेका संघर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई पुस्रकार प्रदान गर्ने निर्णय गरेको हो।

मोहम्मदी अहिले इरानको जेलमा छिन्।

इरान सरकारले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ। उनी पाँचपटकसम्म दोषी ठहर भएकी छन्।

मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।

आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिनेछ। नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ।

अहिलेसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फका विजेतको नाम घोषणा गरिसकेको छ।

अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामाले पनि स्न २००९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

‘अन्तर्राष्ट्रि कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले’ उनलाई नोबेल पुरस्कार दिइएको थियो।

तर, उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो। किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्ये जिमी कार्टर, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ र त्यसका तत्कालीन महासचिव कोफी अन्नान र कोलकत्ताकी मदर टेरेसा छन्।

 

 

Tags: