post-slider post-slider

गैह्रीगाउँ हत्या प्रकरण: थप तीन जना पक्राउ

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

उनी मध्यरातमा प्रहरीलाई खबर गर्न ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेका थिए।

तीनकुनेस्थित दिव्य समिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार तीन जना एकै परिवारका छन्।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन्।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए। अहिले तालिमप्राप्त कुकुर लगेर प्रहरीले अनुसन्धान थालिरहेको छ।

Tags: