post-slider post-slider

प्यूठान दुर्घटना: आठजनाकै मृत्यु

Image
A A

स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्यूठानमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको हो ।

कारमा दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा लगिएकोमा चिकित्सकहरुले आठै जनाको निधन भएको पुष्टि गरेका छन् ।

अस्पतालका चिकित्सक डा प्रतीक्षा मिश्रका अनुसार आठै जनाको निधन भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Tags: