post-slider post-slider

प्रसाईं समूहको आन्दोलन : आज मोटरसाइकल र्‍यालीमात्रै

Image
A A

काठमाडौं- संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरूद्ध प्रदर्शन गरिरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आइतबार मोटरसाइकल र्‍यालीमात्रै गर्ने भएको छ।

व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाएको यो समूहले आन्दोलनको चौथो दिन आइतबार भक्तपुरमा मोटरसाइकल र्‍यालीमात्रै निकाल्ने भएको हो।

प्रदर्शनकारीहरू थाकिसकेकाले आज  धेरै ठूलो कार्यक्रम नराखेर मोटरसाइकल ¥यालीमात्रै निकाल्ने प्रसाईंको सचिवालयले जनाएको छ।

प्रसाईंका सचिवालय सदस्य विजय कँडेलले आज मोटरसाइकल ¥याली निकालेर सोमबारदेखि फेरि प्रदर्शनका कार्यक्रमहरू हुने जानकारी दिएका छन्।

उनले देशभर आन्दोलन सुरू भएको बताए।

प्रसाईं समूहले मंसिर ७ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेको छ। पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समर्थकहरूले दोस्रो दिन तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोजेको थियो।

तर, स्थानीय प्रशासनले अनुमति नदिएपछि तीनकुने क्षेत्रमा उनीहरूले प्रदर्शन गर्न सकेनन्।

शनिबार स्थानीय प्रशासनको सहमतिमा प्रसाईं समूहले सिफल चौरमा प्रदर्शन गरेको थियो। 

सुरूमा वित्तीय संस्था तथा बैंकहरूको ऋणबाट ऋणीहरूलाई मुक्ति दिलाउने अभियान सुरू गरेका प्रसाईंले अहिले व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाएर राजाको  पक्षमा आन्दोलन अगाडि बढाइरहेका छन्।

 

Tags: