post-slider post-slider

ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु 

Image
A A

काठमाडौं, ३ माघ - काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्। 

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

Tags: