post-slider post-slider

रोहित शर्माले विश्वकपमा रचे इतिहास

Image
A A

काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले जारी विश्वकपमा शानदार प्रदर्शन गरिरहेका छन्।

रोहितले आइतबार धर्मशालामा न्युजिल्यान्डविरूद्धको खेलका क्रममा कीर्तिमान बनाएका छन्।

रोहित एक क्यालेन्डर वर्षमा एकदिवसीय खेलमा ५० छक्का लगाउने पहिलो भारतीय खेलाडी बनेका हुन्।

अहिलेसम्म जम्मा तीन खेलाडीले यस्तो प्रदर्शन गर्न सकेका छन्।

रोहितअघि दक्षिण अफ्रिकाका एबी डिविलियर्स र वेस्टइन्डिजका ब्याटर क्रिस गेलले मात्रै एक क्यालेन्डर वर्षमा ५० वा त्योभन्दा बढी छक्का प्रहार गरेका छन्।

रोहितले आइतबार खेलको दोस्रो ओभरमा न्युजिल्यान्डका तिब्र गतिका बलर मैट हेनरीको बलमा छक्का प्रहार गरेर यो उपलब्धि हासिल गरे।

रोहित नेतृत्वको भारतीय टिमले धर्मशालामा खेलिएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो।

कुनै पनि आइसिसी प्रतियोगितामा भारतले २० वर्षपछि न्युजिल्यान्डविरूद्धको म्याच जितेको हो।

जारी विश्वकपमा भारतीय टिमको यो लागातार पाँचौं जित हो। न्युजिल्यान्डविरूद्धको जितका साथै अंकतालिकामा भारत शीर्ष स्थानमा पुगेको छ।

 

Tags: