post-slider post-slider

अधिकांश वाणिज्य बैंकले बढाए बढाए निक्षेपको ब्याजदर, कुन बैंकको कति?

Image
A A

काठमाडौं- वाणिज्य बैंकहरूले असोज १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। 

वाणिज्य बैंकहरूले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ-आफ्नै तरिकाले निर्धारण गरेका छन्। बैंकले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ। यही व्यवस्था अनुसार वाणिज्य बैंकले असोजका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन्।

केही बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन्। सार्वजनिक ब्याजदर अनुसार ८ बैंकले ब्याजदर बढाएर प्रकाशित गरेको छ। यस्तै, ७ बैंकले ब्याजदर घटाएको छ भने, ५ बैंकले भदौकै ब्याजदरलाई निरन्तरता दिने भएको हो। 

निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा एभरेस्ट बैंक, हिमालयन बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक छन्। यी सबै बैंकले व्यक्ति मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम ११ प्रतिशत माथि र संस्थागतको ९ प्रतिशत माथि पुगेको छ। 

ब्याजदर घटाएर प्रकाशित गर्ने बैंकमा सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक छन्।  यसैगरी भदौकै ब्याजदरलाई निरन्तरता दिने बैंकमा एनएमबी बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र एनआईसि एसिया बैंक छन्।

असोज महिनामा बैंकको ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ। व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज प्राइम कमर्सियल बैंकले दिने भएको छ। बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ।

यस्तै, सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ। बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ। भदौँ महिनामा बैंकको यस्तो ब्याजदर ९.९९ प्रतिशत थियो। 

त्यसैगरी, नबिल बैंकले असोज महिनामा मुद्दती निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ । भदौमा बैंकको ब्याजदर १०.४९ प्रतिशत थियो। असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको छ।

!.JPG

मुद्दती निक्षेपमा कुन बैंकमा कति ? 

यससँगै अब असोज महिनाको लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम सात प्रतिशतदेखि अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। रेमिटेन्स मुद्दती खातामा भने योभन्दा बढी ब्याजदर पाइन्छ। 

असोजको लागि आठ वटा वाणिज्य बैंकले भने मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बाँकीको ब्याजदर भने स्थिर छ। केहीले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेपनि न्यूनतम दर भने घटाएका छन्।

2.JPG

साधारण बचतको ब्याजदर कुन बैंकमा कति ? 

असोज महिनाको लागि ५ वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका छन्। असोजको लागि प्राइम कमर्सियल, हिमालयन, कृषि विकास, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर बढाएका हुन्।

असोजमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.९५ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। भदौमा वाणिज्य बैंकहरूले ४.९७ प्रतिशतदेखि ७.९६ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए। 

3.JPG

Tags: