post-slider post-slider

४०१ बोरा प्याज बरामद

Image
A A

काठमाडौं- अवैध रुपमा ल्याएको ४०१ बोरा प्याज प्रहरीले काभ्रेबाट बारमद गरेको छ।

बिपी राजमार्गअन्तर्गतको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले यो परिमाणमा प्याज बरामद गरेको हो।

चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा पूर्वबाट आएको पुरानो बिलसहित अवैध रुपमा ल्याएको चारवटा टाटा योद्धा गाडी र तीनवटा बोलेरो गाडीमा ४०१ थान बोरा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

बरामद गरिएको प्याज प्रतिबोरा ४० किलोको दरले १६ हजार ४० किलो रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जनाएअनुसार ना ५ च २३६१ नं.को बोलेरो गाडीबाट ४० किलोको ६० बोरा, मप्र. ०२–००१ च. १०९० नं. को बोलेरोबाट ५५ बोरा, ज १ च १६६७ नं. को बोलेरोबाट ६० बोरा, प्र. १–०१–००१ च. ८५५९ नं. को योद्धा गाडीबाट ६२ बोरा, प्र. २–०४–००१ च. २५२३ नं. को योद्धा बाट ५० बोरा, प्र. २–०४–००१ च. ००३८ नं. को योद्धाबाट ५७ बोरा र प्र. २–०४–००१ च ००८९ नं.को योद्धाबाट ५७ बोरा गरी ४ सय १ बोरा प्याज बरामद गरिएको हो।

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएयता उपत्यकामा अभाव देखिएको छ।

उपत्यकामा अभाव भएसँगै तराईका जिल्लाबाट लुकाइछिपाइ अवैध रुपमा प्याज ल्याउने क्रम बढेको छ।

 

Tags: