post-slider post-slider

धादिङ बस दुर्घटना (अपडेट) : ८ जनाको मृत्यु

Image
A A

काठमाडौं - धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरातर्फ गइरहेको प्रदेस ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको ज्यान गएको हो।

दुर्घटनामा ८ जना घाइते भएका छन्।

बस बिहान सवा ११ बजेतर्फ सडकबाट करिब ४० मिटर तल त्रिशुली नदीमा खसेको थियो।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिए।

घटनास्थलबाट १६ जनाको उद्धार गरिएकोमा ८ जनाको मृत्यु भएकोर ८ जना घाइते भएको उनले बताए।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएका छन्।

 

Tags: